किसान प्रांगारिक खेतीतर्फ आकर्षित

agricultureबर्दिवास, माघ १७ गते । महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका छन् ।

सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भंगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, उखुलगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्रांगारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दैआएका छन् ।

गाईवस्तुको गोबर तथा बाख्राको बड्कुला भकारोमा राखेर बनाइएको मलले उत्पादन बढाउने स्थानीयवासी चन्देश्वर राय दनुवार बताउनुहुन्छ । चाहिने बेलामा रसायनिक मलको हाहाकार हुने हुँदा आफूहरु प्रांगारिक खेतीतिर लागेको उहाँको भनाइ छ । किरा नियन्त्रणका लागि गहुँत, खरानी र पानी छर्कने विधि अपनाइएको दनुवारले बताउनुभयो ।

बर्दिवास–९ पशुपतिनगरका ब्रह्मदेव महतो प्रांगारिक खेती शुरु गरेपछि उत्पादन बढ्दै गएको बताउनुहुन्छ ।

बर्दिवासमा उद्योगबाटै उत्पादित प्रांगारिक मलको बिक्री वितरण बढेको छ । बर्दिवासमा प्रांगारिक मल बिक्री गर्दै आएका बर्दिवास–७ का चन्द्रलाल क्याप्छाकीले पछिल्ला दुई वर्षयता किसान प्रांगारिक खेतीतर्फ लागेपछि मलको माग ह्वात्तै बढेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter