प्रधानन्यायाधीश पराजुलीले बुझाए राजीनामा; कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

Gopal Parajuliकाठमाडौँ, चैत १ गते । पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् ।

मंगलबार पदमुक्त भएका प्रधानन्यायाधीश पराजुलीले बिहीबार बिहान राजीनामा बुझाएका हुन् ।

पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेका थिए ।

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ ।

कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ ।

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरहेको जानकारी गराएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter