त्रिविसभा बोलाउन प्राध्यापक संघको माग
काठमाडौं, १ जेठ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले तत्काल त्रि.वि. सभाको बैठक बोलाउन माग गरेको छ ।
नेपाल प्राध्यापक संघले पत्रकार सम्मेलन गरेर त्रिविका समस्याहरु समाधान गर्नको लागि तत्काल त्रि.वि.सभाको बैठक आह्वान गर्न सरकारसँग माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबरियाले विगत ७ वर्षदेखि गठन हुन नसकेको त्रि.वि.प्राध्यापकसंघको महाधिवेशन गर्न माग गर्नु भएको हो ।
‘विभिन्न बाहना देखाएर ७ वर्षदेखि हाम्रो संघको नयाँ नेतृत्व चयन गरिएको छैन्, अबका केही दिनभित्रै नयाँ कार्यसमिति चयनको लागि त्रिविले भूमिका खेल्नेछ, तत्काल त्रिवि सिनेटको बैठक बोलाउन समेत माग गर्दछु’ उहाँले भन्नुभयो ।
‘हामीले दिएका सुझावलाई व्यक्तिको हवला दिदै त्रिविले हामीलाई नै प्रहार गर्ने काम गरेको छ, यस्तो स्थितिमा के भन्ने ? यो कुनै वैचारिक संगठन होईन, यो पेशागत संगठन हो, हाम्रो संघका बारेमा विभिन्न भ्रमहरु छरेर हामीलाई कम्जोर बनाउन खोज्ने काम भएको छ, हामी मागहरु नीतिगत हुन, कुनै रिस, राग लुकेका सुझावहरु छैनन्, त्रिविले र सरकारले हाम्रा मागहरु सम्बोधन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।