प्रधानमन्त्री ओली सरकारमा दुई उपप्रधानमन्त्री; यादव र राई मन्त्री नियुक्त

President-Bhandari_Oathकाठमाडौं, , जेठ १८ गते । केपी ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री थपिएका छन् । ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई आजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी छन् ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालबाट सहरी विकास मन्त्रीमा मोहम्मद इस्तियाक राईनलाई नियुक्त गरिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई पनि सोही मन्त्रालयको मन्त्रीमा बढुवा गरेका छन् ।

नवनियुक्त मन्त्रीद्धय राई र बास्कोटाले पनि राष्ट्रपति भण्डारीबाट सपथ लिएका छन् । संघीय समाजवादी फोरम, नेपालबाट २ जना थप गरिएसँगै ओली नेतृत्वको मन्त्रीपरिषद २४ सदस्यीय भएको छ ।

राष्ट्रपति भवन सितल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter