लाङ्टाङमा पर्यटक आगमनमा वृद्धि

tourists-visiting-Nepalरसुवा, जेठ २९ गते । स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।

लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन जंगल क्षेत्रमा विश्वकै दुर्लभ रेडपाण्डा सन् १९८७ मा भेटिएको थियो ।

प्रदेश नं ३ को सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई रेडापाण्डा पदमार्ग घोषणा गरेलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो ।

रेडपाण्डाको संरक्षणमा कार्ययोजना बनाई अगाडि बढे पनि प्रचारप्रसारको कमी छ । रेडपाण्डा पर्यटक मार्ग नामकरण भएपछि यसको प्रभाव विश्वमै फैलिन गई हिमाली प्रकृतिको छटा, स्थानीय कला संस्कृतिका साथै रेडपाण्डा अवलोकनका लागि पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो ।

पर्यटक आगमनमा वृद्धि हुनासाथ पर्यटकको प्रवेश शुल्कबाट राजश्व वृद्धि हुने, पथ प्रदर्शक र होटल व्यवसायबाट स्थानीय बासिन्दाले रोजगारीको अवसर पाउने रेग्मी बताउनुहुन्छ ।

सहभागितामूलक तवरले रेडपाण्डा संरक्षण गराँै भन्ने भावना जगाउन फोहरजन्य वस्तु सुरक्षित ठाउँमा व्यवस्थापन गरी सबै पर्यटकीय क्षेत्र वातावरणमैत्री बनाउनु जरुरी भएको उहाँको भनाइ छ ।

सन् १९८७ मा ६ महिनाको अध्ययनपश्चात चन्दनबारी, ठूलो स्याँफ्रु, लाङ्टाङ मार्गको लामा होेटल आसपास क्षेत्रमा रेडपाण्डा भएको पुष्टि भएको थियो । सो कार्यमा स्व प्रह्लाद योञ्जनको महत्वपूर्ण योगदान रहेको छ ।

रेडपाण्डा (रातो हाब्रे) संंरक्षणका लागि विश्व वन्यजन्तु सप्ताहको अवसर पारेर वर्षेनी साताव्यापी रुपमा रेडपाण्डा भलिबल प्रतियोगिता समेत सञ्चालन गरिँदै आएको छ । रेडपाण्डा संरक्षणका लागि नियमित गस्ती गरिँदै आएको छ । चोरी शिकारीलाई निरुत्साहित गर्न नेपाली सेनाले गस्ती तीव्र पारेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताउनुभयो ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको उच्च भाग एक हजार ७१० वर्ग किलोमिटर संरक्षित क्षेत्र तथा ४२० वर्ग किमी मध्यवर्ती क्षेत्रमा रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गण तैनाथ रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter