प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुने

PM Oli Resignationकाठमाडौँ, असार १५ गते । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम छ ।

बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनुहुनेछ ।

यस्तै बैठकमा ‘विनियोजन विधेयक, २०७५’ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसैगरी, अर्थमन्त्री डा युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७५ लाई पारित गरियोस्’ र ‘आर्थिक विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, ‘आर्थिक विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि दिन तोकिनेछ भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र ‘ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

यस्तै सांसदहरुले प्रस्तुत गर्नुभएको विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यक्रम पनि छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter