सगरमाथा हेर्न भ्यू टावर बन्दै

Moun Everestउदयपुर, भदौ २७ गते । गाउँको समृद्धि पर्यटनसँग जोड्ने उद्देश्यका साथ अगाडि बढिरहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेस्ट भ्यू टावर निर्माणको काम अगाडि सारेको छ । यसै सिलसिलामा दोबाटे भ्युटपमा लिम्चुङबुङ पार्कसँगै निर्माण हुन लागेको भ्यू टावरको डीपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको छ ।

पर्यटक भित्र्याउने र गाउँपालिकाको मौलिक पहिचान झल्काउने उद्देश्यले टावरको निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताउनुभयो ।

सबै जातजाति, धर्म संस्कृति र प्राकृतिक एवं मौलिक विषयवस्तुको प्रतीकका रूपमा निर्माण गरिने २७ फिट अग्लो भ्यू टावरबाट महालङ्गुर हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, कन्चनजङ्गा, मकालु, जुगल, गौरीशङ्कर, चोयो, चारपाटे हिमाल, ल्होत्सेलगायतका हिमाल, सुनकोसी, हलेसी आँगनमा, तुवाचुङ, दिक्तेल, भोजपुर, सोलु, ओखलढुङ्गा र परपरका तराई मधेसका फाँटहरू देखिन्छन् । मनमोहक दृश्यहरू दूरबिनबाट नजिकै ल्याएर अवलोकन गर्ने व्यवस्था गरिनेछ ।

किराँत समुदाय र भाषाको बाहुल्य रहेकाले उनीहरूको संस्कृतिलाई महìव दिँदै टावरको माथिल्लो भागमा वाबु (चिन्डो) राखिने र टावरको चार भागमा बुद्ध, शिव, माङ्खिमलगायतका सबै जाति, धर्म, संस्कार, संस्कृतिका प्रतीक राखिनेछन् । तामाङ र शेर्पा समुदायको पुरानो उद्गम थलोको इतिहासलाई जीवित पार्न पार्कको तल्लो भागलाई बुद्ध कलर गरिने भएको छ ।

टावरसँगै एक ग्राउन्ड हल बन्ने र हलमा चिया, कफी लिँदै बस्ने र हलका भित्तालाई अध्ययनमूलक चित्रहरूले सजाइनेछ । खासगरी टावरबाट अवलोकन हुने हिमशृङ्खला, पालिकाका पर्यटकीय स्थान, मठमन्दिर, मूर्तिकृति र जैविक वस्तुको चित्र बनाइनेछ ।

भ्यू टावर निर्माणपछि सिङ्गो लिम्चुङबुङ गाउँपालिका विद्यार्थी र आन्तरिक तथा बाह्य पर्यटकका लागि अध्ययनको थलो बन्ने दाबी गरिएको छ ।

सांस्कृतिक, प्राकृतिक, भाषा, भेषभूषा र जैविक विविधताको हिसाबले रमणीय र अध्ययनको केन्द्रबिन्दु बन्ने प्रशासकीय अधिकृत भक्त राईले बताउनुभयो । भ्यूटावर निर्माणका लागि गाउँपालिकाले दुई करोड बजेट विनियोजन गरेको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter