अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरलेलाई नियुक्त गरेकी छन् ।
बिहिबार संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले घिमिरेलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेकी हुन् ।
घिमिरे संविधानको धारा २३८ को उपधारा (२) बमोजिम प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । त्यसअघि घिमिरेलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । घिमिरे यसअघि आयोगको कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा थिए ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत भएका छन्। हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले विहिवार अनुमोदन गरेको हो ।
गत भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको थियो। सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् ।