प्राविधिक शिक्षामा जोड दिनुपर्छः मुख्यमन्त्री पौडेल

Dormani Poudelहेटौँडा, पुस १२ गते । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा दिगो विकासका लागि सरकार गम्भीर रहेको छ भन्नुभयो ।

उहाँले शिक्षा क्षेत्रमा लागेका शिक्षक, व्यवसायी र विद्वान्लाई निष्पक्षरुपमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उहाँले सो विद्यालयका पूर्वशिक्षक कौशलराज पाण्डेलगायतका व्यक्तित्वलाई सम्मान गर्नुभयो ।

सोही अवसरमा प्रदेश नं ३ का सांसदद्वय प्रेमबहादुर पुलामी र इन्द्रबहादुर बानियाँले पनि नेपालमा शिक्षाको विकास राम्रोसँग भइरहेको उल्लेख गर्दै थप गुणस्तरीय एवं प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक जयराम थापाले पनि आफ्नो विद्यालयको बारेमा जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter