क्याथफेष्ट २०१९ सुरु, भोलिसम्म चल्ने

Kathfestललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ आजबाट सुरु भएको छ ।

“नेपालका समस्याहरूको समाधान” नारा दिइएको यस मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्पmत् सम्बोधन गर्न खोजिएको बताउँछन्, कलेजका प्राचार्य डा. मधु सूदन कायस्थ ।

सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश छन् ।

विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ ।

प्रदर्शनीका लागि काठमाडौँ उपत्यकाका विविध स्थानहरूबाट विद्यार्थी, प्राज्ञ, उद्योगी÷व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा अन्य दर्शकहरूले अवलोकन गरिरहेका छन् । उक्त प्रदर्शनी भोलि सोमबारसम्म चल्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter