जानकीधामका मूर्त–अमूर्त सम्पदा

हिमांशु चौधरी / जानकीधामका मठ–मन्दिर र तिनमा प्रतिस्थापित देवदेवीका मूर्तिहरूमा ऐतिहासिक कालखण्डको उत्थान एवं पतनका अनेकौँ तथ्य लुकेका छन् ।

जानकारहरूका अनुसार प्राचीन बेबिलोनियाको सभ्यताबारे सन् १८४५ मा संसारलाई त्यतिखेर जानकारी भयो, जतिखेर निनेबेहको उत्खननमा संयोगवश केही बेलायती पुरातत्वविद्हरूले असिरियाका राजा असुर बनिपालको पुस्तकालय फेला पारेका थिए । त्यसै उत्खननमा माटाका गोलचक्कीहरू पनि प्राप्त भएथे । ती गोलचक्कीहरू ईसापूर्व हजार वर्षका भएको उल्लेख पाइन्छ । यसबाट प्राप्त सूचनाअनुसार ईपूमा बेबिलोनियाहरूले ‘मर्दुक’ भन्ने देवतालाई देवाधिदेव मान्ने गर्थे । 

१७८२ ईपूदेखि १६८६ ईपूसम्म शासन गर्ने हम्मुखरावी भन्ने राजाले पनि मर्दुकलाई नै संसारका सर्वोच्च देवता मानेका थिए । प्राचीन सभ्यताको स्वरूप, आस्था, परम्परा र ऐतिहासिकताबारे ती स–साना गोलचक्कीबाट त्यति गहिरो जानकारी प्राप्त हुन्छ भने यहाँको पुरातात्विक उत्खनन गर्ने हो भने अनेक प्राचीन मठ–मन्दिरका अवशेष, मूर्ति र माटो खन्दा प्राप्त भएका ऐतिहासिक सामग्रीहरू (ईंटा, अभिलेख, मुद्रा, मूर्ति आदि) छन्, जसले पौराणिक तथा ऐतिहासिकताबारे दुर्लभ जानकारी दिने गरेकाले उत्खननको आवश्यकता देखिएको छ । जनकपुरका मठ–मन्दिर र तिनमा सुरक्षित मूर्तिहरू, गढ–गढीहरूको उत्खनन र अनुसन्धान गर्ने हो भने इतिहासको अनेक कालखण्डका उत्थान र पतनका कुरा बाहिर आउने निश्चित छ । पुराकथाहरू, सनातन मूल्य–मान्यता, सभ्यताको प्राचीनता र चरमोत्कर्ष, जनककालीन जनकपुरका कथा, बज्जिसङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय प्रभाव, सेन र पालकालीन अवस्था, एकीकरणपश्चात्का तथ्य यिनै मठ–मन्दिर, मूर्ति र गढ–गढीहरूमा लुकेर रहेको बताइन्छ ।

बेबिलोनको पूराकथाअनुसार सृष्टिको आरम्भमा सर्वत्र पानी नै पानी थियो जसलाई नुनिलो र गुलियो पानीको संज्ञा दिइएको थियो । आदिमाता तियामतको नुनिलो पानीमाथि शासन थियो भने आदि पितृशक्ति भगवान् अप्सुको गुलियो पानीमाथि शासन थियो ।  तियामत र अप्सु पतिपत्नी थिए । मर्दुक यसै वंशका थिए र यसै वंशबाट बेबिलोनियामा अन्य जातिको जन्म भयो । त्यस्तै विदेध माधवको कथामा जनकपुरका सरोवरहरू बताउँछन्– यो भूमि पनि जलैजलले भरिएको थियो । शिरध्वज जनक र सुनयना तियामत र अप्सुजस्ता हुन् । बेबिलोनियाका मर्दुक देवाधिदेव भएजस्तै हाम्री सीतामाता आदिदेवी हुन् ।

वैदिक वाङ्मय पुराण तथा धार्मिक साहित्यले जनकपुरधामको अस्तित्व अनादिकालदेखि नै रहेको र धार्मिक तीर्थ विशेष गरेर ‘सीताराम तीर्थ’का रूपमा प्रख्यात रहेको पाइन्छ । त्रेतायुगमा चर्चाको उत्कर्षमा रहेको जनकपुरधाम द्वापरयुगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा आएर सोह्रौँ शताब्दीपछि मात्रै जनकपुरधाम पुनः प्रकट भएको हो भनिन्छ ।
जनकपुरका मूर्त सम्पदाका सन्दर्भमा मठ–मन्दिरमा रहेका मूर्तिहरू धातु, पाषाण र मणि–विग्रहका रहेका बताइन्छ । पाषाणकालीन मूर्तिहरूमा केही पालकालीनका छन् भने केही मध्यकालीन छापका छन् । केही भने अयोध्यामा रहेका मूर्तिजस्ता देखिन्छन् । यहाँका मूर्तिले कुनै एक कालको कला एवं शैली प्रस्तुत नगरी विभिन्न कालका कला एवं शैली प्रस्तुत गरेको पाइन्छ । मुख्य रूपले पुरातात्विक अंश आध्यात्मिक नै रहेको छ । तीमध्ये पुरातात्विक अंश भएका केही मन्दिरहरूमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर, कपिलेश्वरनाथ र कुपेश्वरनाथ मन्दिर उल्लेखनीय छन् ।

 जानकी मन्दिर बन्नुअगाडि प्यागोडा शैलीमा निर्मित राम मन्दिरमा रामको पञ्चायन मूर्ति, लक्ष्मीनारायण, विष्णु, दशावतारको मूर्ति, सात घोडा रथमा रहेको सूर्यनारायण मूर्ति महŒवपूर्ण मानिएको छ । पुरातत्वविद् तारानन्द मिश्रका अनुसार राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसँग टाँसिएर रहेको शिशु–नारी मूर्ति पुरातात्विक दृष्टिकोणले महŒवपूर्ण छ । सम्भवतः जनकपुरको प्राचीनतम मूर्ति यही नै हो  । सो मूर्ति पालकालीन भएको अनुमान गरिएको छ । सोही मन्दिरमा रहेको एकमुखे शिवलिङ्ग पनि पुराताŒिवक दृष्टिकोणले उत्तिकै महŒवको छ ।
मन्दिरका प्रथम महन्थ चतुर्भुज गिरीले उपर्युक्त मूर्तिहरू मन्दिरको पछाडि रहेको वरको रूखमुनि प्राप्त भएको बताएका थिए । त्यस्तै जनक मन्दिरमा सतानन्द, राजश्री, सुनयना, सीता, गोपालका मूर्ति रहेका छन् भने शिरध्वज जनकको मूर्ति खण्डित (शिर, हात, खुट्टा नभएको) छ । यो खण्डित मूर्तिबारे विभिन्न कथन पाइन्छन् ।  महाराजा जनकले दिएको दाइजोबाट अयोध्याका राजा दशरथ सन्तुष्ट नभएकाले जनकले टाउको काटेर दिएको प्रतीकका रूपमा यो खण्डित मूर्ति स्थापित भएको हो भन्ने भनाइ छ । त्यस्तै, यवनले आक्रमण गर्दा मन्दिर भत्काउने, मूर्ति फोड्ने कार्य भएको हुँदा मूर्ति खण्डित भएको हो भन्ने भनाइ पनि पाइन्छ । यो मूर्ति खण्डित नभएर मूर्तिको पत्थर नै यस्तो हो, जसलाई अनादिकालदेखि नै जनक स्वरूप मानेर पूजा गरिँदै आएको भनाइ पनि एकथरीको छ ।
 लक्ष्मण मन्दिरमा भएका लक्ष्मणको मूर्ति पौराणिक भएको मानिन्छ । श्रीमद्भागवतका अनुसार त्रेता युगमा मिथिलाका राजा बहुल्याश्व जनकका पालामा मिथिलामा भीषण अनिकाल पर्दा सो अवस्थाबाट शान्ति पाउन तत्कालीन ऋषिमुनिहरूले राजालाई हिमालयमा गई बाह्र वर्ष तपस्या गर्न सल्लाह दिए । ऋषिमुिनको सल्लाहअनुसार उनी हिमालय गई तपस्या गर्न थाले । बाह्र वर्ष तपस्या गरेपछि उनलाई लक्ष्मणको पत्थरको मूर्ति प्राप्त भयो र सँगै आकाशवाणी भयो– तिमी यो मूर्ति लिएर जानू र पूजा गर्नू तिम्रो देशमा अनिकाल हट्ने छ, जनता खुशी रहने छन् । राजाले लक्ष्मणको मूर्ति लिएर आई पूजाआजा गर्न सुरु गरेपछि  सबै सङ्कट हटेर सहकाल र शान्ति छाएको कथन पाइन्छ ।
 रत्नसागर मन्दिरमा राम–जानकीका मूर्तिहरू प्रमुख रहेको र लक्ष्मण, राधाकृष्ण, लडु गोपाल र हनुमानका ३० भन्दा धेरै धातु र सङ्गमरमरका प्राचीन मूर्ति एवं ७ सयभन्दा बढी सीताराम स्वरूपका शालिग्रामको नियमित पूजा गरिन्छ ।

  जनकपुर उपमहानगरपालिका वडा नं. १२ कुवागाउँमा रहेको कुपेश्वरनाथ मन्दिरको शिवलिङ्गका बारेमा धार्मिक ग्रन्थहरूमा पनि उल्लेख छ । मन्दिरभित्र महादेव कुपेश्वरनाथ एउटा कुपजस्तो गोलाकार खाल्डोमा छन् । महादेव कुपमा रहेकाले कुपेश्वरनाथ भनिएको हो । कुपेश्वरनाथको मन्दिर चर्तुज गिरीकै समयमा बनेको हो र यो राम मन्दिर जत्तिकै पुरानो हो । यसको पुनर्निर्माण विसं १९९६ मा भएको थियो । २०५१ सालमा पनि जीर्णोद्धार भई वर्तमानको यो स्वरूपमा देखिएको हो । मन्दिर शिखरशैलीमा निर्माण गरिए पनि त्यसमा मैथिल वास्तुशैलीको अंश पनि रहेको छ । मन्दिरमा रहेको छाना बङ्गालका पालकालीन राजाद्वारा निर्माण गरिएको तथ्य अन्वेषकहरूले बताएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं. १२ हनुमानगढीमा हनुमान र धातुका राम–जानकीका मूर्ति रहेका छन् । सन्यासी प्रीतम दासले तीर्थाटनका क्रममा गङ्गामा हनुमानको मूर्ति प्राप्त गरेको उल्लेख छ । जनकपुर आउने पहिला सन्यासीहरूमा सुरकिशोर दास र चर्तुज गिरीपछि विसं १८३८ मा प्रीतम दासले बाराहकुटीको मौजाको कुश बिर्ता पाएको गिर्वाणविक्रम शाहको मिति १८६७ सुदी ५ भाद्रको शाही आदेश भएकोले यस मन्दिरको प्राचीनता स्पष्ट हुन्छ ।
  पन्ध्रदिने परिक्रमाको क्रममा कचुरीका किशोरीको डोला पहिलो रात यही मन्दिरमा विश्राम गरी बिहान कल्याणेश्वरतर्फ जाने परम्परा छ । शिखर शैलीमा निर्मित यस मन्दिरमा हनुमानको मूर्तिलाई दक्षिणाभिमुख बनाई प्रतिष्ठापित गरिएको छ ।

 त्यस्तै, वडा नं. १६ मा शिखरशैलीमा निर्मित कपिलेश्वरनाथ मन्दिरको धार्मिक एवं पुरातात्विक महŒव निकै छ । मन्दिरमा शिवलिङ्ग, बसाहा, गणेश, पार्वती, शालिग्राम तथा मन्दिरबाहिर शिव, पार्वती, गणेश, जोगीन्दर, महारानी आदिका मूर्ति छन् । मन्दिरभित्रका मूर्तिहरू काला पत्थरका छन् भने मन्दिरबाहिरका अधिकांश मूर्ति सङ्गमरमरका ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार, जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा चारनाथको स्थापना गरेका थिए । तीमध्ये पूर्व–उत्तरका कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिलमुनिको आश्रम पनि यहीँ थियो । कालान्तरमा यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुन गयो । अन्वेषकहरूले यस मन्दिरको प्राचीन रूप सिमरौनगढीय वास्तुशैलीमा निर्मित भएको उल्लेख गरेका छन् । मुगल वास्तुशैली र मैथिल वास्तुशैलीको सङ्गमबाट बनेको जानकी मन्दिरमा वास्तु कलाकारिताको विलक्षण नमुना देख्न सकिन्छ ।

मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित किशोरीजीको स्वर्णमय प्राचीन मूर्ति र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरेका मणि विग्रहका मूर्ति छन् । यी मूर्तिहरू चाँदीको पाताले मोरिएको रथ आकारझैँ भान हुने विशाल एवं कलात्मक सिंहासनमा आकर्षक ढङ्गले सजाएर राखिएका छन् । सीतारामका मूर्तिहरू राखिएको कोठामा पस्ने मूलद्वार पनि चाँदीले नै जोडिएका छन् । सीतारामको पछिल्लो भागमा अष्टकुञ्ज नामक कोठाहरू छन् । तीमध्ये दुई कोठाबाट पाताल जाने बाटो छ । मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि दुईवटा विशाल राता आँखा भएका पत्थरले बनेका सिंहका कलात्मक मूर्ति छन् । पहिले यी दुवै सिंहका चारैवटा आँखा हीराजडित थिए । टाढैदेखि चम्किलो देखिन्थ्यो तर ती हीरा चोरिएको बताइन्छ । यस पत्थरमा कलात्मक ढङ्गबाट रोमनमा एसपी लेखिएको छ ।

जनकपुरधामका ऋषिमुनि दूरदर्शी थिए । उनीहरूले मिथिलाको इतिहास लेख्न यस्तो क्यानभासको परिकल्पना गरी त्यसलाई मूर्त रूप दिए, जो नष्ट भएर पनि नष्ट हुनेखालको थिएन । त्यो क्यानभास थियो– पत्थर । जसको खण्डित अंशले पनि महŒव बोकेको हुन्छ । हरेक युगमा यहाँ पत्थरको मूर्ति उत्कीर्ण हुँदै रह्यो । राजनीतिक, धार्मिक र भुइँचालो इत्यादिले मूर्ति खण्डित हुँदै, माटोले पुरिँदै ढिस्कोका रूप लिएको पाइन्छ ।

अनेकौँ अमूर्त सम्पदाहरू अनुसन्धानका लागि प्रतीक्षारत छन् । पुराताŒिवक सम्पदाअन्तर्गत वडा नं. ८ मा रहेको ज्ञानकुप विद्याकुप नजिकैको ढिस्को, कपिलेश्वर महादेवको गढी, कुपेश्वर महादेव मन्दिरको ढिस्को र उपमहानगरपालिका तथा यस क्षेत्रमा रहेका प्राचीन पोखरी एवं तलाउको अन्वेषण हुन आवश्यक देखिएको छ  । यसका साथै विग्धीखोलामा प्राप्त कुषाणकालीन मुद्रा अध्ययन र अनुसन्धानको विषय रहेको छ । खोजकर्ता नमोनारायण झाले यसबारे पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय गम्भीर नभएका कारण उक्त मुद्राको अवस्था अज्ञात रहेको बताइन्छ । यसैगरी, जनकपुर उपमहानगरपालिका वडा नं. १३ मा रहेको त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले सीतासित विवाह गरेको स्थल भनी प्रख्यात ‘मणिमण्डप’ पनि अध्ययन, विश्लेषण, अनुसन्धानको प्रतीक्षामै छ । राजा जनकले सीताको विवाह गर्दा मड्वाका रूपमा ‘मण्मिण्डप’को निर्माण गराएको जनविश्वास छ । भगवान् विश्वकर्माले सीताको विवाहका लागि मणिजडित मड्वा निर्माण गरेकै कारण वैवाहिक मड्वाको नाउँ ‘मणिमण्डप’ हुन गएको अभिमत छ ।

यसका साथै जनकपुर क्षेत्रमा पाइने पुराना संरचनाका इँटा असामान्य आकारका छन् । शोधकर्ताहरूले जनकपुर क्षेत्रमा भएका सम्पदालाई दृष्टिगत गर्दै जनकपुरको सभ्यतालाई रोमको सभ्यताभन्दा १५ वर्ष जेठो भनेका छन् भने  कतिपयले जनकपुर र लुिम्बनीको सभ्यता समकालीन भएको उल्लेख गरेका छन् । सुप्रसिद्ध चिनियाँ यात्री हुवेन साङले पनि भ्रमण गर्दागर्दै मिथिलाको नाम सुनेर सातौँ शताब्दीमा (सन् ६४० तिर) यहाँ आउँदा उजाड र अस्तव्यस्त अवस्थामा पाएको भनी यात्रा वृत्तान्तमा उल्लेख गरेको पाइएको छ । जनकवंशीय राजा करालको वधपछि ऐश्वर्यवती मिथिलापुरीको दुर्दिन सुरु भएको हो । करालको अन्त्यसम्म मिथिला राज्यको दक्षिण–पूर्वमा गङ्गापारि रहेको प्राचीन वैशाली शक्तिशाली राज्यमा परिणत भइसकेको थियो । करालको अवसानपछि वैशालीका बज्जीहरूले मिथिलामाथि धावा बोली आफ्नो अधीनमा लिए । केही दशकपछि बज्जी सङ्घ पनि मगधका राजा अज्ञात शत्रुबाट परास्त भएर मिथिला प्रदेश ५५३ ईपूतिर मगधको अधीनमा पुग्यो । मगधपछि कन्नौज, पालवंश र कर्णाटवंशीहरूको पोल्टामा  पर्दै सन् १३२६ मा गयासुद्दिन तुगलकले जितेपछि केही समयका लागि मिथिलाले दिल्लीको मुस्लिम शासनअन्तर्गत समेत बस्नुपरेको थियो । यसरी राजाहरूको जय– पराजयको इतिहाससँग जोडिदै उथलपुथलबीच सयाँै वर्षसम्म पराधीन र श्रीहीन अवस्थामा रहेको पीडादायी इतिहास पनि यस क्षेत्रको भएकाले यसको प्रामाणिकताका लागि पनि यहाँका मूर्त र मिथिला संस्कृतिका अमूर्त सम्पदाको खोज, अनुसन्धान र उत्खनन हुन आवश्यक छ ।

जनकपुर क्षेत्रमा पाइने मूर्त, अमूर्त एवं पुराताŒिवक सम्पदाहरूले सामान्यतः मौर्य, शँुग, कुषाण, गुप्त, पाल, सेन, राज्यवंश र पछि मकवानपुरका सेन राजाहरूको समयलाई बोध गराइरहेको छ ।  मानव सभ्यताको विकासक्रमलाई रेखाङ्कित गर्न सकिने विभिन्न गढीको उत्खनन गर्नु आवश्यक देखिएको छ । यस क्षेत्रलाई जानकीको जन्मथलो, माइती भनी धार्मिक ग्रन्थहरूले स्थापित गरे पनि त्यस समयका अवशेषहरू अनुसन्धानको विषय नै रहेका छन् । पुरातात्विक महŒवका वस्तुको गहन अध्ययन भयो भने तत्कालीन राज्य व्यवस्था, सामाजिक जीवन, धर्म, लिपि आदिबारे पनि प्रशस्त जानकारी प्राप्त हुनसक्ने सम्भावना रहेको साहित्यकार डा. राजेन्द्र विमल बताउनुहुन्छ ।

जनकपुरधामका ऐतिहासिक स्थल र पुराताŒिवक सांस्कृतिक वस्तु, गढी, मुद्रा, भाँडाकुडा वा चित्रमूर्तिहरूको सोहीअनुरूप अध्ययन, अनुसन्धान हुन जरुरी देखिएको छ । यी तथ्यको अध्ययन–अनुसन्धान भएमा विभिन्न युग र कालखण्डका प्रख्यात अन्वेषक कृष्ण, बुद्ध, महावीर, स्वामी रामानन्दाचार्य, विद्यापति, तुलसी दास, भारतेन्दु हरिश्चन्द्र आदिको जनकपुर आगमनको प्रामाणिक विवरण प्राप्त हुनसक्ने सम्भावना रहेको बताइन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter