फोरम र नयाँ शक्ति एकीकरणः समाजवादी पार्टी गठन

काठमाडौँ, वैशाख २३ गते । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ ।उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ ।

अध्यक्ष यादव र डा भट्टराईले आज यहाँ आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाउनुभएको थियो । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले जिम्मेवारी पाउनुभएको छ ।

पार्टी एकीकरण घोषणापछि नेताद्वय यादव र डा भट्टराईले समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको र यसले सबैखाले उत्पीडनमा परेका जाति र समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter