बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो; घाइतेहरूको उपचारको व्यबस्था सरकारले गर्ने

काठमाडौं, असार २९ गते । केही दिनेखिको लगातारको वर्षा पछि आएको बाढी पहिरो तथा डुवानमा परी ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।

नेपाल प्रहरीका अनुृसार अपरान्ह ४.३० बजे सम्म प्राप्त तथ्याङ्क अनुसार ३८ जना घाइते हुनेका साथै २६ जना वेपत्ता रहेका छन् ।

बाढी पहिरोमा घाइते भएकाहरूको उपचारको सम्पूर्ण व्यबस्था सरकारले गर्ने

देशमा केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा धाइते भएकाहरूको उपचारको सम्पूर्ण व्यबस्था सरकारले मिलाउने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

साथै बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्कालका लागि आवश्यक रातह कार्यहरू तदारुक्ताका साथ गर्ने निर्णय पनि गरेको छ ।

बैठकले देशमा विभिन्न भागमा हाल सम्म ६० जनाको मृत्यु भएको र ३१ बेपत्ता तथा २८ जना घाइते भएको उल्लेख गदै दुखद घटनामा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै बाढी पहिरोको घटना लगतै उद्धार, हेरविचार, राहत वितरण उचार सेवा लगायत समाचार सम्प्रेषण गर्ने सबैलाई सरकारका तर्फबाट हार्दिक धन्यवाद दिने निर्णय गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter