५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु

गाईघाट, भदौ १८ गते । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ ।

समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोशी बगरसम्म अवतरणको परीक्षण भएपछि अब यो क्षेत्रलाई एक नम्बर प्रदेशकै एक नम्बर प्याराग्लाइडिङ ‘हब’को रूपमा विकास गरेर वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने गरी यो अभियान शुरु गरिएको बेलका नगरपालिकाले बताएको छ ।

यसभन्दा अघि पनि बेलका क्षेत्रका २०० भन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालीम लिइसकेको र बेलका मैनामैनीको बोपताङ र चम्पाकोटबाट पटक–पटक प्याराग्लाइडिङ उडान सफल भएपछि अब आगामी कात्तिक महीनादेखिनै स्थायी र व्यावसायिकरूपमा प्याराग्गाइडिङ उडान सञ्चालनमा ल्याउन अहिले अन्तिम तयारी कार्य भइसकेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार र निर्र्माण व्यवस्थापनको कार्य अहिले भइरहेको र यसका लागि बेलका प्याराग्लाइडिङ सङ्घ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहको आर्थिक लगानी र बेलका नगरपालिकाको पहलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने कार्य तयारी तीव्ररुपमा भइरहेको पनि नगरपालिका प्रमुख थापाले बताउनुभयो ।

बेलकामा अहिले आर्थिक समृद्धि हासिल गर्न कृषि र पर्यटन दुई क्षेत्र महत्वपूर्ण रहेको र पर्यटनका लागि सप्तकोशीमा बोटिङ र प्याराग्लाइडिङ महत्वपपूर्ण रहेको कारण पनि अब आगामी कात्तिक महनादेखि पोखरामा जस्तै बेलकामा पनि व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान शुरु गर्ने उहाँले बताउनुभयो ।

प्याराग्गाइडिङ र सप्तकोशीमा बोटिङबाट वार्षिक ५० हजारभन्दा बढी पर्यटक बेलकामा भित्रन सक्ने नगरपालिकाको अनुमान छ । प्याराग्लाइडिङ उडानका लागि पूर्वाधार तयार गर्न अहिले मैनामैनीको चम्पाकोटसम्म सडक व्यवस्थापन तथा पर्यटकको लागि खाने बस्नेसहितको होटल तथा घरबाससमेतको व्यवस्थापन कार्य भइरहेको नगरपालिकाले बताएको छ ।

मैनामैनैको बोपताङ तथा चम्कोट डाँडासम्म पुगेर पर्यटकले भोजपुर धनकुटा, खोटाङ तथा सुनसरी र सप्तरी जिल्लाहसहित उत्तरपट्टिको हिमालय अवलोकन गर्दै प्याराग्लाइडिङबाट उडेर मधेशको सप्तकोशीसम्म झर्न सक्ने र यसले पर्यटकलाई आकर्षण गर्नेसमेत बेलकाका पर्यटन व्यवसायी प्रवीन राई बताउनुहुन्छ ।

भारतको दार्जिलिङ, विहार, पश्चिम बङ्गाल, भूटान तथा नेपालको एक नम्बर प्रदेशका धेरै पर्यटक यसक्षेत्रमा प्याराग्लाइडिङ उडानका लागि आकर्षित हुने नगरपालिका प्रमुख थापाले बताउनुभयो । प्याराग्लाइडिङ सञ्चालनबाट बेलका क्षेत्रका २५० पचास युवाले प्रत्यक्ष रोजगारी पाउने, होटल, घरबास सञ्चालन हुँदा स्थानीयसमेत स्वरोजगार बन्ने र यसक्षेत्रको सांस्कृतिक तथा भौगोलिक अवस्थाको प्रचारप्रचार हुने अपेक्षा नगरपालिकाले गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter