डेँगू नियन्त्रणमा सरकार सचेत छःमन्त्री बाँस्काेटा; विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ

काठमाडौँ, भदौ २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नागरिकको स्वास्थ्यका विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता बाँस्कोटाले मुलुकका विभिन्न भागमा फैलिएको डेँगू नियन्त्रणमा सरकार सचेत रहेको र स्वास्थ्य मन्त्रालयले यसमा गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो ।

उहाँले भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “डेँगू नियन्त्रणमा स्वास्थ्य क्षेत्र, मन्त्रालय, नागरिक, सरोकार निकाय र सरकारबाट प्रयास हुँदैआएको छ । यसले दुःख दिएको छ तर समस्या नियन्त्रण बाहिर छैन ।” उहाँले डेँगू परीक्षण र उपचारका लागि आवश्यक स्रोत सामग्री व्यवस्थान भएको भन्दै नियन्त्रणका लागि जनचेतनासहित सबैको प्रयास आवश्यक हुने बताउनुभयो । उहाँले राष्ट्रिय गानको विषयलाई बहसका रुपमा मुद्दा बनाउनु पर्ने कुनै कारण नभएको बताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “राष्ट्रिय गान हाम्रो वीरता, इतिहास, मर्यादा, स्वतन्त्रता, सम्मान, आत्म स्वाभिमान, राष्ट्रिय गौरवको एकमुष्ट प्रतिबिम्ब हो । एकताको प्रतिबिम्ब हो । राष्ट्रगान बजाउनै हुँदैन, गान बज्दा उठ्नै हुँदैन भन्ने कुरा होइन । ” उहाँले राष्ट्रिय गानका विषयमा छुट्टै कानुनी प्रवन्धहरु रहेका र ति प्रवन्धहरुको आधारमा नै छलफलगरी विषयलाई टुंगो लगाउने बताउनुभयो ।

एक अर्को प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी मित्र राष्ट्रहरु र अन्य मित्र राष्ट्रहरुसँग आपसी हितमा सचेत भएर नै व्यवहार गर्दै आएको स्पष्ट पार्नुभएको छ । उहाँले हाम्रा पूर्ववत मान्यतामा कुनै विचलन र परिवर्तन नआएको पनि बताउनुभयो । उहाँले मेलम्ची ठेक्काको नयाँ प्रक्रिया सुरु भएकाले क्रमश काम हुँदैजाने बताउनुभयो ।

विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ – सञ्चारमन्त्री

काठमाडौँ, भदौ २५ गते । राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ विधेयकले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउँछ, यो कार्यान्वयनमुखी रहेको छ ।” विधेयकलाई थप समृद्ध बनाउन सहयोग गर्नुभएका दुवै सदनका सांसदलाई मन्त्री बाँस्कोटाले धन्यवाद दिनुभयो ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्रप्रकाश पुरी र कोलम ओलीले भाग लिनुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकको प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्तुत गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter