पूर्वाधारमा विकासमा चिनियाँ सहयोग मत्वपूर्ण

रमेश लम्साल / काठमाडौँ, असोज १७ गते । तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ ।

डेढवर्ष पहिलेसम्म कोटेश्वर– कलङ्की खण्डमा घण्टांै सवारीको जाम हुन्थ्यो । कार्यालय हिँडेका, अत्यावश्यक कामका लागि निस्केका, अस्पताल जान लागेका बिरामी तथा सर्वसाधारणले ठूलो हैरानी भोग्नु परेको थियो । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलङ्की–चक्रपथ विस्तार सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यतिखेर कलङ्कीको जाम एउटा इतिहास भइसकेको छ ।

यस्तै दोस्रो खण्ड अन्तर्गत कलङ्की– महाराजगञ्ज सडक खण्डको काम पनि निकट भविष्यमा नै शुरु हुन लागेको छ । सो सडक खण्ड निर्माण भई सञ्चालनमा आएपछि त्यसले पार्ने प्रभाव पनि बेग्लै तर सकारात्मक हुनेछ । कूल २७ किलोमिटर लामो चक्रपथको विस्तार गरी आठ लेनको बनाउने काममा चिनियाँ सहयोग प्राप्त भएको छ । त्यसमध्ये एउटा खण्ड सकिइसकेको छ भने दोस्रो खण्डको काम शुरु हुने तयारीमा छ ।

तेस्रो खण्डमा महाराजगञ्ज– कोटेश्वर खण्ड छ । सो खण्डको पनि नेपाल सरकार आफैले वा विदेशी सहयोगमा निर्माण गर्ने भन्ने बारेमा छलफल जारी छ । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारको विस्तारमा चीन सरकार र चिनियाँ नागरिकले भरपूर सहयोग गरेका छन् । सो सडक खण्ड निर्माणमा आएका चिनियाँ कामदारले काम गर्ने शैली, सीप र तरिका पनि नेपालीका लागि अर्को अनुकरणीय पाटो बनेको थियो ।

कोटेश्वर–कलङ्की सडक खण्ड गत माघमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कुनै विदेशी शहरमा पुगे जस्तो लाग्ने आकर्षक सडक चिनियाँ प्रविधि र मेहनतमा निर्माण गरिएको हो । दुई देशबीचको जनस्तरको सम्बन्धको विस्तारका लागि सो सडक खण्ड थप एक कोशेढुंगा भएको जानकारको भनाइ छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलङ्कीसम्मको आठ लेनको १० किलोमिटर ४०० मिटर सडक विस्तार गरेको हो ।

करीब रु पाँच अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सो सडक खण्डको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकामा चीन सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु¥याउँदै आएको सहयोगको प्रधानमन्त्रीले मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सांघाई कन्सट्रक्सन ग्रुपले सो सडक निर्माण गरेको हो ।

कलङ्की–महाराजगञ्ज सडक खण्ड विस्तारका लागि विद्युत्का पोल हटाउने, रुख हटाउने तथा अन्य काम शुरु भइसकेको छ । काठमाडौंँ चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालका अनुसार कलङ्कीबाट रुख कटानको काम शुरु भएको छ । हालसम्म करीब ३०० विद्युत्का पोल सारिएको छ । आगामी मंसिरसम्म सडक विस्तारका लागि मार्गप्रशस्त गर्ने लक्ष्य राखिएको छ । सो आयोजनामा पनि गोंगबु र महाराजगञ्जमासमेत कलङ्कीको जस्तै अण्डरपास बनाउने प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश छ ।

नेपाल र चीनबीचको सदियांैदेखिको सम्बन्धलाई ठूला भौतिक पूर्वाधार निर्माणबाट जनस्तरमासमेत विस्तार भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter