सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

काठमाडौँ, असोज ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र९ट्रमा सेन्टर० स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

विश्व ट्रमा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ । अर्थ मन्त्रालयको स्वास्थ्यमा बजेट बढाउन ध्यान गएको छैन । सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति छ ।”

स्वास्थ्य सचिव खगराज बराललले सातवटै प्रदेशमा ट्रमा सेन्टरको आवश्यकता औँल्याउँदै काठमाडौँको ट्रमा सेन्टरको विकासमा मन्त्रालयले ध्यान दिएको छ भन्नुभयो । ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले अन्य उपचारको तुलनामा ट्रमाको उपचारका लागि लामो समयसम्म गर्नुपर्ने भएकाले दुर्घटना नै हुन नदिन विशेष सचेतनाका कार्यक्रम सञ्चालनको आवश्यकता औँल्याउनुभयो ।

ट्रमा सेन्टरमा थप उपकरण र जनशक्ति अभाव रहेको उहाँले गुनासो गर्दै तत्काल एमआरआई उपकरणको अति आवश्यकता रहेको छ भन्नुभयो । हाल सेन्टरमा ११ श्ययाको आइसियु दश श्ययामा मात्र सञ्चालनमा छ । आर्थिक वर्ष २०७२÷७३ मा चोटपटक लागेर अन्तरङ्ग सेवा ९ओपिडी० लिने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेकामा गत आर्थिक वर्षमा सो सङ्ख्या ७९ हजार २३९ रहेको थियो ।

यसैगरी सेन्टरमा आव २०७२/७३ मा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको थियो । आव २०७५/७६ मा १८ हजार २६३ जनाले सेवा लिएको सेन्टरले जनाएको छ । आव २०७२/७३ भर्ना हुनेको सङ्ख्या तीन हजार ७११ थियो भने अहिले बढेर चार हजार २४ जना पुगेको छ । सवारीसाधन दुर्घटना मात्र प्रत्येक दिन पाँचदेखि सात तथा वार्षिक करीब दुई हजार जनाको अकालमा मुत्यु हुने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले साउन र भदौमा मात्र काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा परी २८ जनाको मृत्यु भएको बताउनुभयो । दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत तथा पुरुष ७६ प्रतिशत रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter