जलविद्युतमा ५० अर्ब बराबरको वैदेशिक लगानीमा सम्झौता

काठमाडौं, कात्तिक १५ गते । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ५० अर्ब बराबरको वैदेशिक लगानीको सम्झौतामा शुक्रबार काठमाडौंमा हस्ताक्षर भएको छ ।

रसुवामा निर्माण हुने २१६ मेगावाटको जलविद्युत आयोजनामा भएको यो लगानी नेपालको हालसम्मकै यो ठूलो वैदेशिक लगानी हो ।

नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवद्र्वक रहेको आयोजनामा नौवटा अन्तराष्र्टिय वित्तीय संस्थाले लगानी गरेका छन् । हस्ताक्षर समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुन उपस्थिति हुुनुहुन्थ्यो ।

आयोजनामा विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एसियाली विकास बैंकले ६ करोड, एसियाली पूर्वाधार विकास बैंकले ३ करोड ९६ लाख, कोरियाली एक्जिम बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख अमेरिकी डलर लगानी गर्ने भएका छन् ।

बेलायतको सिडिसी गू्रपले २ करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलप फाइनान्सियल इन्स्टिच्युटले १ करोड १० लाख र ओपेक फन्डले १ करोड ३२ लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter