सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध छ : प्रधानमन्त्री; स्वर्ण पदक जित्न सफल खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने घोषणा

काठमाडौं, मंसिर २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पुरस्कार घोषणा कार्यक्रममा उहाँले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिएका सबैलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले पदक प्राप्ति शुरुआत मात्र भएको र आउँदो चौधौँ सागमा नेपालले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामी सधैँ स्वर्ण पदक प्राप्त गर्ने प्रयासमा रहनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

करिब ४६ मिनेटको आफ्नो शुभकामना तथा बधाई मन्तव्यमा प्रधानमन्त्री ओलीले १३औँ साग प्रगतिमूलक रहेको बताउनुभयो । “हामी कतिपय खेलमा सहभागी हुन नसक्ने अवस्थामा पनि खेलाडीले स्वर्ण पदक जित्नुभएको छ”, उहाँले भन्र्नुभयो, “हामी सबै नेपाली खुशी छौँ, देश खुशी छ ।” विगतमा एउटामात्र रङ्गशाला रहेको अवस्थामा यसपालि काठमाडौँ, पोखरा र जनकपुरमा सागका विभिन्न खेल सञ्चालन गर्न सकेको उहाँले उल्लेख गर्नुभयो । अर्को पटक नेपालले साग आयोजना गर्दा मुलुकका सातवटै प्रदेशमा नयाँ र स्तरीय रङ्गशाला निर्माण भइसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

तेह्रौँ सागको उद्घाटन तथा समापन समारोहमा दशरथ रङ्गशालामा आफू प्रत्यक्ष सहभागी भई अवलोकन गर्ने इच्छा भए पनि स्वास्थ्यका कारण आउन नसकेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । “मैले निवास र अस्पतालबाटै विभिन्न खेलको अवलोकन गरेँ”, उहाँले भन्नुभयो, “अस्वस्थताका कारण भिडियो कन्फरेन्समार्फत शुभकामना तथा बधाई सन्देश दिएको हुँ”, विदेशी नागरिकले नेपालीको सहयोग बिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नसकेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक खेल जित्न सक्ने सामथ्र्य नेपाली खेलाडीमा रहेको उल्लेख गर्नुभयो । उहाँले इमान्दारी र मेहनत नै सफलताको कडी भएको बताउनुभयो ।

“जित्छु भनेर खेलेपछि जितिन्छ”, बालुवाटारमा उपस्थित तीन सयभन्दा बढी खेलाडी, प्रशिक्षक र खेलकूद पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो । तेह्रौँ सागको पौडीमा चार स्वर्णसहित कूल नौ पदक जितेकी गौरिका सिंहको नाम उल्लेख गर्दै उहाँले सबै खेलाडीले आगामी प्रतियोगितामा स्वर्ण जित्ने उद्देश्यका साथ खेल्नुपर्नेमा जोड दिनुभयो । “प्रत्येक खेलाडीले आफ्नोे कीर्तिमान आफँै भङ्ग गरेर खेल्नुपर्छ”, उहाँले भन्नुभयो । सागको पुरुष फुटबलको फाइनलमा भूटानसँगको खेलमा नेपाली टोलीले विगतभन्दा राम्रो खेलेको सम्ँिझदै प्रधानमन्त्री ओलीले सबै खेलाडीलाई अभ्यास बढाउन आग्रह गर्नुभयो ।

सो अवसरमा युवा तथा खेलकू्दमन्त्री जगतबहादुर विश्वकर्माले प्रधानमन्त्री ओलीलाई १३औँ सागको मस्कट उपहारस्वरुप हस्तान्तरण गर्नुभएको थियो । पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया लगायतको उपस्थिति थियो ।

सो अवसरमा राखेप सदस्यसचिव सिलवालले शुक्रबार १३औँ सागका विजेता खेलाडीलाई उपत्यकाका तीनवटै शहरमा रथारोहण गरिने जानकारी गराउनुभयो । मङ्गलबार सम्पन्न सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जित्दै प्रतियोगितामा दोस्रो भएको थियो ।

स्वर्ण पदक जित्न सफल खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने घोषणा

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका नेपाली खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने भएको छ ।

आज बालुवाटारमा विजयी हुन सफल नेपाली खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

स्वर्ण विजेता खेलाडीलाई जनही नौलाख, रजत जित्नेलाई छलाख र कास्य जित्नेलाई तीनलाख रुपियाँ दिने घोषणा गरिएको बक्सिङका स्वर्ण विजेता सनिल शाही खड्गीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter