चीनबाट छोराछोरीलाई उद्धार गरिदिन सरकारसँग अभिभावकको माग; चीनबाट नेपालीको छिट्टै उद्धार गर्न तयारी गरिरहेको छौं : मन्त्री बाँस्कोटा

काठमाडौं, माघ २३ गते । चीनमा रहेका आफ्ना छोराछारी चाँडो नेपाल फर्काउन सरकारलाई अभिभावकले ज्ञापनपत्र बुझाएका छन् । चीनमा तीव्र रूपमा कोरोना भाइरस फैलिएकाे तर नेपालीलाई ल्याउन ढिलाइ गरेको भन्दै अभिभावकले बिहीबार राज्यमन्त्री नवराज रावतलाई सात बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

मन्त्रालय पुगेका अभिभावकहरूले अन्य देशले आफ्ना नागरिकलाई चीनबाट उद्धार गरे पनि नेपाल सरकारले ढिला गरेकाेमा आक्रोश पोखेका थिए । बिहान ११ बजे मन्त्रालय पुगेका अभिभावकले केहीबेर धर्नासमेत बसेका थिए ।

ललितपुरको टंगलमा बस्ने हस्ना तामा्रकार भन्छिन्, ‘चीनमा मेरी छोरी बस्ने घरमा कोही छैन । उनका साथीहरु सबै आफ्ना देशमा गइसके । तर हाम्रो सरकारले ल्याउने आश्वासन मात्रै दिए, नेपाल ल्याउनेबारे कुनै काम गरेको देखिदैन ?,’ उनले थपिन्, ‘सरकारले जतिसक्दो चाँडो हाम्रो छोराछोरी नेपाल ल्याइदियोस्, यदि सक्दैन भने हामी आफै ल्याउन तयार छौँ ।’

चीनमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगिसकेको छ, भने संक्रमितको संख्या २८ हजारभन्दा बढी पुगेकाे छ । मर्नेको संख्या दिनप्रतिदिन बढ्दै जाँदा यहाँ रहेका अभिभावक त्रसित बनेका हुन् । उनीहरुले आफ्ना छोराछोरीले राम्ररी खान नपाएको भन्दै नेपाल फर्काउन मन्त्रालयलाई आग्रह गरेका हुन् ।

मन्त्री रावतले ज्ञापनपत्र बुझ्दै चीनमा रहेका नेपालीलाई ल्याउने काम स्वास्थ्य मन्त्रालयले मात्र नसक्ने भएकाले अन्य निकायसँग समन्वय गर्नु पर्ने बताए ।

चीनबाट नेपालीको छिट्टै उद्धार गर्न तयारी गरिरहेको छौं : मन्त्री बाँस्कोटा

सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका विद्यार्थीलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले ‘त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल वा नेपाल प्रवेश गर्ने स्थलगत नाकामा रहेका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने कुनै यात्रीलाई नोबल कोरोना भाइरसको शंका लागेमा वा सो भाइरस पैmलन वा अन्यलाई सर्न नदिन आवश्यक व्यवस्थाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अस्पताल वा स्थानमा व्यवस्थित रुपमा राखिने व्यबस्था गरेको छ’ भन्नुभयो ।

एक प्रश्नको उत्तरमा ‘मन्त्री बाँस्कोटाले कोरोना भाइरसबारे हामी सम्वेदनशील छौं र विश्व नै सम्बेदनशील छ । विश्व स्वास्थ्य संगठनले आपत्काल घोषणा गरेको छ । चीन सरकार अनुसार कोरोना भाइरस संक्रमित केही विरामीलाई निको हुँदै गएका छन् । निको हुनेको संख्या बढ्न थालेको र संक्रमित संख्या टुङ्गो लागेको छ । चीनले नेपालीको स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि चिनियाँ नागरिक जति कै सम्वेदनशील छौं भनेको छ ’ भन्नुभयो ।

त्यस्तै अर्को एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले यो आकश्मिक घटना भएकाले हाम्रा अभिभावक चिन्तित हुन स्वभाविक हो र अभिभावक सरह सरकार पनि उत्तिकै चिन्तित भएकाले उहाँहरूलाई नेपालमा राख्ने व्यबस्था मिलाइरहेका छौं, भन्नुभयो ।

‘‘तपाईंहरु सुरक्षित हुनुहुन्छ, एक्लै हुनुहुन्छ । अत्यास लागेको छ हामी चीनसँग छिनछिनमा सम्पर्कमा छौं । हामी उहाँहरुलाई तत्कालै उद्धार गर्नको लागि सरकार तयारीमा लागेको छ ।’’ उहाँले भन्नुभयो –‘इचन्गु नारायण, सूर्यविनायक, शिवपुरी, खरिपाटी जुन ठाउँ उपयुक्त हुन्छ । त्यहाँ चौध दिन उहाँहरुलाई राख्नुपर्ने हुन्छ । त्यहाँ राखेर मात्र परिवारले लैजान पाउँछ ।’’

नेकपाका नेता पनि रहनुभएका बास्कोटाले भन्नुभयो ‘‘नेपालमा लागि अहिले जहाजको समस्या होइन, अरु तयारी गर्नुपर्छ ,त्यसलाई तीब्र पारेका छांै ।’’

चीनबाट एकजना विद्यार्थीसँग कुराकानी भएको सुनाउनुहुँदै उहाँले चीनमा नेपाली सुरक्षित भए पनि एक्लै परेको जस्तोअनुभूति भएको बताउँदै चिनियाँ सरकारसँग समन्वय गरेर सुरक्षित रुपमा नेपालमा चाँडै ल्याउने तयारी भएकाले त्यहाँका नेपालीको पीडा र चिन्ताप्रति समान रुपमा नेपाल सरकार पनि रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो ‘‘एयरपोर्टदेखि जाने ठाउँसम्मको व्यवस्था गरेर उद्दार नै गर्नुपर्छ । अरु चिजजस्तै होइन , परिवारसँग चटक्कै जाने जस्तो होइन । मेडिकल, सुरक्षा, आइसोलेसन, सामूहिक जाँच गर्नुपर्छ । चीनमा रोबोटबाट कतिपय कामा हुन्छ , यहाँ मानिसले नै गर्नुपर्छ ।’’

नेपालसँग अहिले जति पनि पुँजी भए पनि प्रविधि र म्यानपावर नभएकाले चीनले जस्तो अस्पताल एकहप्तामा बनाउन नसक्ने भए पनि नेपालमा तीनसय शय्याको अस्पताल बनाउने तयारी थालनी गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालीलाई नेपालमा ल्याउँदा पनि नेपालमा संक्रमण हुने जस्तो भयभित पार्ने काम नगर्न सम्बद्ध पक्षसँग आग्रह गर्नुहुँदै उहाँले शंक्रामक रोगविरुद्ध लड्न सरकारले यथेष्ट तयारी थालेको बताउनुभयो ।

उहाँले चीनमा नेपालीबारे बुझ्न दिनदिनै सम्पर्क भइरहेको बताउँदै त्यहाँ सबैलाई व्यवस्थित रुपमा स्वास्थ्य परीक्षण भइरहेको र जसलाई रोग लागेको छ, तिनीलाई चीन सरकारले नेपालमा ल्याउन अनुमति दिँदैन, भन्नुभयो ।

प्रधानमन्त्रीको सक्रियता बढेको बताउँदै मन्त्री बाँस्कोटाले अलि व्यवस्था गरेपछि नेपालीलाई नेपालमा ल्याउँने कुरामा पुनः जोड दिनुभयो ।

उहाँले अर्काे प्रश्नको उत्तरमा मन्त्री बाँस्कोटाले लालफित्ताधारी र स्वेतफित्ताधारीको व्यवहार नभएको बताउँदै नेता विजय गच्छदारमाथिको कार्वाहीमा पूर्वाग्रही र नेता विष्णु पौडेल छोराको नाममा कुनै पक्षधरता नभएको बताउनुभयो ।

तथ्य नै गलत छ भने उहाँ ‘गच्छदार’ले अदालतमा ती कुरा राख्नुप¥यो । उहाँ निर्दाेष भएर छुट्नुभयो भने फेरि हामीले समोतर तँ दोषि हो भनेर करार गर्दैनांै । उहाँ दोषि ठहर भए हामीले के गर्ने ? भनेर प्रतिप्रश्न समेत गर्नुभयो ।

अदालतको जस्तो निर्णय आउँछ त्यही अन्तिम फैसला हुने भएकाले सरकारले त्यसलाई कार्यान्वयन गर्ने कुरामा उहाँले स्पष्ट पार्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter