सप्तकोशीको जेट बोट बन्द

धरान, फागुन १ गते । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन् । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले साना–ठूला गरेर सात जेट बोटबाट कोशी पुलदेखि बराहक्षेत्र हँुदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका थिए । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने तर सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीको गुनासो छ । “नदीमा पानीजहाज सञ्चालनका लागि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएअनुसार करोडौँ खर्च गरेर सेवा विस्तार ग¥यौँ, तर हाम्रो व्यावसायिक सुरक्षा भएन । त्यही भएर बन्द गर्न बाध्य भयौँ”, कार्कीले भन्नुभयो ।

बोट सेवा बन्द भएपछि भोजपुर, खोटाङ, धनकुटाबाट तराई आउजाउ गर्ने दैनिक ७०० यात्रुलाई समस्या भएको छ । चतराबाट बराह क्षेत्र मन्दिर १० मिनेटमा यात्रा गर्दै आएका यात्रु समस्यामा परेका छन् । कूल १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हँुदै आएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter