पार्टी एकवद्ध हुने, स्थायी समिति बैठक वैशाख २५ गते
काठमाडौं, वैशाख २० गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न । बैठकले पार्टी एकवद्ध भएर जाने तथा स्थायी समितिको बैठक वैशाख २५ गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैशाख २४ गते बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जनाकरी दिनुभयो ।
साथै बैठकले नेता बामदेव गाैतमलाइर् उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेकाे प्रवक्ता श्रेष्ठले बताउनुभयाे । उहाँ अब पार्टी एकतावध्द भएर काेराेना विरूध्द जुध्न अघि बढ्ने बताउनुभयाे ।