थप एक हजार १२० सङ्क्रमितसहित ४१ हजार ६४९; काठमाडौँ उपत्यकामा ३८८ सङ्क्रमित थपिए

काठमाडौँ, भदौ १७ गते । नेपालमा एक हजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिलासहित ११२० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४१ हजार ६४९ पुगेको जनाइएको छ ।

सकृय सङ्क्रमितहरू १८ हजार १०८ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ४९३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ११२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २३ हजार २९० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७६६ रहेका छन् ।

काठमाडौँ उपत्यकामा कोरोनाका ३८८ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा कोरोनाभाइरसका ३८८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणबाट काठमाडौँ उपत्यकाको तीन जिल्लामा ३८८ सङ्क्रमित थपिएकाे पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा नौ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter