नयाँ एक हजार ४५९ जना सङ्क्रमितसहित ५६ हजार ७८८ पुग्याे; काठमाडौं उपत्यकाका ६७६ जना सङ्क्रमित

काठमाडौं, भदौ ३० गते । नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा आठ लाख ६१ हजार ७८० वटा परीक्षण भएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १५ हजार ७७९ छन् । पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत छ

आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ । क्वारेन्टिनमा सात हजार २५० जना छन् ।

११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।

काठमाडौं उपत्यकाका ६७६ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोभिड–१९ का ६७६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६७६ जना सङ्क्रमित थपिएको हो ।

मन्त्रालयले सबैभन्दा बढी काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । काठमाडौंमा १६९ जना महिला र ३८७ जना पुरुष, ललितपुरमा १६ जना महिला र १९ जना पुरुष तथा भक्तपुरमा ३७ जना महिला र ४९ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter