थप एक हजार ५५९ जना सङ्क्रमितसहित ७७ हजार ८१७ पुग्याे

काठमाडौं, असोज १४ गते । नेपालमा कोरोना भाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २०५ वटा नमूना परीक्षण गरिएको छ । योसँगै नेपालमा दशलाख २१ हजार ५०३ पुगको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । कुल संक्रमित २८.८५ प्रतिशत पुगेको छ

संक्रमणमुक्त

पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५६ हजार ४२८ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ७२.५१ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा २० हजार ८९१ जनामा र क्वारेन्टाइनमा पाँचहजार ४२८ पुगेको छ ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६४ पुगेको छ ।

उपचार

२०१ जना सङ्क्रमितहरू आइसीयूमा र ३० जना सङ्क्रमितहरू भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

काठमाडौं उपत्यकामा ९०२ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुष तथा भक्तपुरमा ५३ महिला र ४० पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशका १२ जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशभरि एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका छन् ।

काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । र मकवानपुरमा ३८ जनामा सङ्क्रमणको पुष्टि भएको होे ।

पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । चौबीस घण्टामा १२ हजार २०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter