तीन हजार ३०९ सङ्क्रमित थपिए, कुल एक लाख ८२ हजार ९२३

काठमाडौं, कात्तिक १९ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ३०९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ३०९ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ८२ हजार ९२३ पुगेको छ । हाल ३६ हजार ९११ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ८४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ३० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ३४ पुगेको छ ।

उपत्यकामा एक हजार ८७८ जना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका एक हजार ८७८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले गरेको प्रेस बिफ्रिङ्को क्रममा प्रवक्ता गौतमले काठमाडौं जिल्लामा एक हजार ५७० जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये ७३७ महिला र एक हजार १४१ पुरुष छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरि १३ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३०९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौंमा हाल १६ हजार ४२०, ललितपुरमा दुई हजार २७४ तथा भक्तपुरमा एक हजार ११४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म ५० हजार ६८२ जना सङ्क्रमित निको भई घर फर्केका छन् । ललितपुरमा निको हुनेको संख्या सात हजार १६५ छन् । भक्तपुरमा चार हजार ९०३ जना निको भएका छन् । हालसम्म काठमाडौंमा २५६, ललितपुरमा ६४ र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter