तीन हजार ५१ जना सङ्क्रमित थपिए, कुल एक लाख ८५ हजार ९७४

काठमाडौं, कात्तिक २० गते । नेपालमा कोरोना भाइरसका तीन हजार ५१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ५१ जना जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ६८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ८५ हजार ९७४ पुगेको छ । हाल ३६ हजार ५१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । क्वारेन्टिनमा १२ सय ३२ जना छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ४३० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४८ हजार ४०८ सङ्क्रमित निको भएर घर फर्केका छन् । नेपालमा अहिले ७९. ८ प्रतिशत निको हुने दर छ ।

देशका विभिन्न अस्पतालमा ४२८ जना आइसीयू र ७४ जना भेन्टिलेरमा रहेर उपचार भइरहेको छ ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ५२ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ३९८ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ३९८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ६९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ३९८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter