दुई हजार ७९५ परीक्षणमा ९९ सङ्क्रमित थपिए, २४८ निको, शून्य मृत्यु

काठमाडौं, माघ २४ गते । नेपालमा कोरोनाभाइरसका ९९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २४८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६७ हजार ८१२ जना सङ्क्रमित निको भएका छन् । हाल एक हजार ९५९ जना सङ्क्रमित आइसोलेशनमा छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७९५ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे ।

हालसम्म २० लाख ९१ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा काेही पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म दुई हजार ३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९५ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter