दुई हजार २५१ परीक्षणमा ११९ थपिए, २६० सङ्क्रमित निको

काठमाडौं, माघ २५ गते । नेपालमा कोरोनाभाइरसका ११९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २६० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार ७२ जना सङ्क्रमित निको भएका छन् । नेपालमा अहिलेसम्म ९८.५८ प्रतिशत निकाे भएका छन् ।

हाल एक हजार ८१५ जना सङ्क्रमित आइसोलेशनमा छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार २५१ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे ।

हालसम्म २० लाख ९३ हजार ४१७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ३८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter