प्राधिकरणमा हितेन्द्रदेव, वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन

काठमाडौं, माघ २७ गते । नेपाल सरकारले वैशाख १७ गते चारवटा प्रदेशका ४० जिल्ला र वैशाख २७ गते ३७ वटा जिल्लामा प्रतिनिधिसभाको लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।

माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने सिंहदबारमा मगंलबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो बारे जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार वैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा र वैशाख २७ गते प्रदेश नम्बर १, वागमति र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको लागि निर्वाचन हुनेछ । यस्तै, सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

माघ ३० गते शुक्रबार सार्वजनिक विदा

यसैगरी, सरकारले तामाङ समुदायको सोनाम ल्होसार र शेर्पा समुदायको ग्याल्बो ल्होसार माघ ३० गते शुक्रबार एकैदिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि यी दुईवटा ल्होसार छुट्टाछु्ट्टै रुपमा पर्ने भएकाले सार्वजनिक विदा दिँदा सम्बन्धित जाति विशेषलाई मात्र दिने गरिएको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले बताउनुभयो । वल्र्ड कल्चरल नेट, नेपालका अनुसार यसै दिनमा छिमेकी देश चीनको चिनियाँ नयाँ वर्ष पनि परेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter