१०५ सङ्क्रमित थपिए, ९९ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ४ गते । नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०५ जना सङ्क्रमित थपिएकोमा ९९ जना कोरोनामुक्त भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ३०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल ७४ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना सङ्क्रमित दुई हजार ५५ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter