९७ सङ्क्रमित थपिए, ११४ सङ्क्रमणमुक्त

काठमाडौं, फाल्गुन ७ गते । नेपालमा कोरोनाभाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ११४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । हाल एक हजार ५८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ६९ हजार ६१९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ६१ जना कोरोना सङ्क्रमितले सङ्क्रमणबाट ज्यान गुमाएका छन् । हाल एक हजार ५८३ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।

हालसम्म २१ लाख ३४ हजार २६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter