११२ सङ्क्रमित थपिए, ५४ कोरोनामुक्त

काठमाडौं, फाल्गुन १४ गते । नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका ११२ सङ्क्रमितसहित नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार २७७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल ९३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म दुई हजार ७७१ जना सङ्क्रमितको मृत्यु भएको हो । हाल ९३६ जना आइसोलेशनमा छन् । ७१ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Efforts are underway to send US vaccines to Nepal: Ambassador Khatiwada

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter