८१ सङ्क्रमित थपिए, ६२ कोरोनामुक्त

काठमाडौं, फागुन १५ गते । नेपालमा कोरोनाभाइरसका ८१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल बिरामीको संख्या दुई लाख ७४ हजार ६५ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ३२५ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा हालसम्म २१ लाख ६० हजार ४०४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६७ जना आइसोलेशनमा र ६२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter