काेरोनाका ७८ जना संक्रमित थपिए, ८२ निको भए

काठमाडौं, फागुन १६ गते । विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनामा सक्रमित निको भएका छन् । सो अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गाैतमले नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार १४३ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ४०७ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा हालसम्म २१ लाख ६२ हजार ९३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६५ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।

हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

आईसीयुमा ३२ जना र भेन्टिलेटरमा आठजनाकाे उपचार भैरहेकाे छ ।

काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण

यस्तै, दुई हजार ५३२ जनाको नमूना परीक्षण गर्दा २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकाको भक्तपुरमा छ, ललितपुरमा पाँच र काठमाडौंमा २६ जनामा कोरोना पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter