पाँच हजार ७०६ सङ्क्रमित, १२८७ कोरोनामुक्त, १९ को मृत्यु

काठमाडौं, वैशाख १८ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२८७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । सो अवधिमा १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ४३ हजार २१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५६६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५७ जनामा पोजेटिभ पाइएको छ ।
हालसम्म दुई लाख ८२ हजार ३८२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २९८ जनाको मृत्यु भएको छ । हाल ४३ हजार २१३ जना आइसोलेशनमा छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter