सात हजार ३८८ थपिए, दुई हजार २१ कोरोनामुक्त, ३७ को मृत्यु; निषेधाज्ञामा थप कडाइ हुन्छ : प्रम ओली

काठमाडौं, वैशाख २० गते । नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ४३ हजार ४१८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ५१८ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २१ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित सङ्ख्या बृद्धि हुनु र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर घटेर ८३.३ प्रतिशत भएको छ । हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । यो सङ्ख्या चौबीस घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भएको छ ।

हाल २१२ जना क्वारेन्टिनमा र ५४ हजार ४१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २५ लाख २१ ह्जार १६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

निषेधाज्ञामा थप कडाइ हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा गरिएको बताउनुभयो ।

देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार दैनिक सात हजारभन्दा बढी नयाँ सङ्क्रमित र ३ हजारभन्दा बढीको मृत्युु भइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको उहाँले बताउनुभयो ।

गत वर्षको कोरोना महामारीमा सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संङ्क्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।हालसम्म २१ लाखभन्दा बढीले कोरानाविरुद्दको खोप लगाइसकेको र दोस्रो डोजको खोप पनि ३ लाख ७० हजारले लगाइसकेको उहाँले बताउनुभयो । दक्षिण एसियामै सरकारले पहिलो पटक खोपको पहल गर्न सफल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो।

एक हजार शय्याको कोभिड अस्पताल निर्माण गर्न सेनालाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र राजधानीमा एक हजार शय्याको कोभिड अस्पताल निर्माण गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

ठूलो अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्नसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका मेडिकल कलेज र ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

यसैगरी प्रदेश सरकारमा पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । साथै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter