आठ हजार ६०५ थपिए, एक हजार ९९३ कोरोनामुक्त, ५८ को मृत्यु

काठमाडौं, वैशाख २२ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ६०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत् सोमबारदेखि बुधबारसम्म ५३ हजार ५४५ जनाको परीक्षण गरिएकोमा २३ हजार ७१३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँले पछिल्लो चौबीस घण्टामा ६१६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५४ जनामा पोजेटिभ पाइएको बताउनुभयो । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६६० पुगेको छ ।

प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ९९३ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । हालसम्म दुई लाख ८९ हजार ७८३ कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने दर ८०.६ प्रतिशत पुगेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter