ढुङ्गेबगर बन्यो आकर्षक ‘स्टोन पार्क’

कैलाश लामा / चरिकोट, दोलखा बैशाख २२ गते । कुनै शील्पीको हातमा पर्यो भने फालएिको पत्थर पनि आकर्षक मूर्ति बन्न सक्छ भन्ने उदाहरण दोलखाको जिरी नगरपालिकास्थित स्टोन पार्कलाई लिन सकिन्छ ।

नगरपालिकाको वडा नम्बर–१ स्यामा, पुम्पा स्थिति यो बगर ढुङ्गैढुङ्गाले ढाकिएकाे छ । तर तिनै ढुङ्गालाई सजाएर बनाएको यो पार्क अन्य पार्क भन्दा फरक छ ।

खिम्ती खोलाको किनरमा रहेको चौरमा प्राकृतिक रुपमै ठुलाठुला ढुङ्गा रहेको र ती ढुङ्गाहरुलाई जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरि पार्क बनाएको जिरी नगरपालिकाका मेयर टंकबहादुर जिरेलले बताउनुभयो ।

पार्कलाई तार बार लगाएर सुरक्षित बनाइएको छ भने पार्कमा आकर्षक प्रतीक्षालय, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल, निर्माण गर्नुका साथै पार्कसम्म जाने सडक सोलिङ गरिएको छ ।

त्यसैगरि पार्कमा गुरु रिम्पोछे र शिवको मूर्ति निर्माण गरिएको छ । ढुङ्गामाथि बनाइएको यी मुर्तीहरु पर्यटकका लागि थप आकर्षक बन्न पुगेको छ ।

सो क्षेत्रमा बौद्ध र हिन्दू धर्मावलम्बीको बसोबास रहेकोले धार्मिक सद्भाव कायम गर्नका निम्ति दुबै धर्मासँग सम्बन्धित भगवानका मूर्ति निर्माण गरिएको मेयर जिरेलले बताउनुभयो ।

उहाँले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न पार्क निर्माण र विकास गरिदै लगेको बताउँनुभयो ।

स्टोन पार्क निर्माणका लागि हालसम्म बागमती प्रदेश सरकारबाट ७० लाख, जिरी नगरपालिकाबाट ३९ लाख, युएनडीपि र स्थानीय श्रमदानबाट १३ लाख, स्यामा शेर्पा किदुकबाट १५ लाख र प्रतिनिधि सभाका समानुपातिक सांसद जीपछिरिङ शेर्पाबाट १६ लाख रुपियाँ प्राप्त भइ खर्च भएको छ ।

दोलखा, रामेछाप, सोलुखुम्बु र काठमाडौं, लगायतबाट पर्यटकहरु स्टोन पार्क घुम्न आउने क्रम बढेको छ ।

प्रसिद्ध पाँच पोखरी, जट्टा पोखरी पुग्न पनि यहीँ बाटो हुँदै जानुपर्ने भएकाले पार्कमा पर्यटकहरुको चहलपहल बढ्दो क्रममा रहेको मेयर जिरेल बताउनुहुन्छ ।

नगरपालिकाको पर्यटक प्रवद्र्धनको योजना अन्तर्गत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न पार्क निर्माण गरेको बताउदै उहाँले थप्नुभयो स्टोन पार्कलाई थप व्यवस्थित गर्न कोरोनाको महामारी सामान्य अवस्थामा फर्किए आगामी आर्थिक वर्षमा पनि थप संरचनाहरू निर्माण गर्नेछौँ ।

स्टोन पार्कसम्म पुग्नको लागि जिरी बजारबाट माली, यलुङ हुँदै जान सकिन्छ भने छिमेकी जिल्ला रामेछापको ठोसे, शिवालय, गर्जाङ हुँदै पनि पुग्न सकिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter