वीर अस्पतालमा नवनिर्मित सर्जिकल ब्लक उद्घाटन हुँदै, एक सय शैयाको आईसियु सञ्चालनमा

काठमाडौं, असार २४ गते । वीर अस्पतालको नवनिर्मित सर्जिकल ब्लकको आगामी आइतबार औपचारिक उद्घाटन हुने भएको छ । पाँच सय शैयाको उक्त भवन प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको वीर अस्पतालका उपनिर्देशक डा.नवीन पोखरेलले जानकारी दिनुभएको छ ।

डा. पोखरेलका अनुसार गत फागुन महिनमा नै उद्घाटन गर्ने तयारी रहेको भए पनि निर्माण सम्पन्न नभएका कारण उद्घाटन रोकिएको थियो । पोखरेलका अनुसार आइतबारबाट एक सय शैयाको आईसीयू पनि सञ्चालनमा आउने जनाइएको छ । “उद्घाटनको लागि सबै प्रकृया हामी पुरा गरेको छौं , सर्जिकल ब्लकसँगै एकसय शैयाको कोभिड आईसियू पनि सुरु हुने भएका कारण अक्सिजनसहितको सबै तयारी पुरा गरेका छौँ ”उहाँले भन्नुभयो । आवश्यक परे थप आईसियू शैयाको पनि व्यवस्था गर्दै लाने उहाँको भनाइ छ ।

हाललाई १०० आईसियू र १०० एचडियू सञ्चालन हुनेछ भने बाँकी ३०० शैयाहरु सर्जरीको लागि तयार गरीएको छ । “वीरमा बिरामीहरुले शल्यक्रिया गर्न नपाएर अहिले कुर्नुपर्ने अवस्था छ त्यो अवस्थाको अन्त्य गर्दै दिनमा कम्तीमा ७० देखि ८० जनाको सर्जरी गर्ने लक्ष्य छ, त्यसअनुसार हामी अगाडि बढ्दै छौँ ” उहाँले भन्नुभयो । कुल १७ रोपनी क्षेत्रफलमा बनेको उक्त भवनमा पहिले ७५० शैया रहने जानकारी गराएको थियो । पछि निर्माण सम्झौताका बेला ६५० शैयाको हुने भनिए तापनि अहिले ५०० शैया मात्र रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter