एक हजार ६३९ जनामा सङ्क्रमण पुष्टि, दुई हजार ७८ जना सङ्क्रमणमुक्त

काठमाडौं, असार २९ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ६३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ५८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार चार सय १२ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

जापानद्वारा नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने घाेषणा

जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । नेपालस्थित जापानी दूतावासद्वार विज्ञप्ति मर्फत साे कुराकाे जानकारी गराइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशवासीका नाममा सम्बाेधन गर्नु हुँदै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएकाे छ ।

उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुनेछ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter