राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त; गण्डकी र लुम्बिनी प्रदेश प्रमुख हेरफेर

काठमाडौं, साउन १२ गते । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै, सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ रहनुभएकाे छ ।

त्यस्तै, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ्ग र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनकाे नाम सिफारिस गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

साथै, प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेश प्रमुख हेरफेर

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नु भएको छ ।

यस अघि गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेल र लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनु भएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter