नेता खनालको मृगाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

काठमाडौं, साउन २० गते । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार विहान मृगाैला प्रत्यारोपण गरिएको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

यसअघिसम्म नेता खनालको उपचार डा. अखिल मिश्रको नेतृत्वमा भइरहेको थियो । सचिवालयले दिएको जानकारीअनुसार डा. कन्दिप गुलेरियाको नेतृत्वमा खटिएको चिकित्सकको समूहले नेता खनालको मृगाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।

नेता खनाल केही समय अस्पतालमै अराम गर्नुभई नेपाल फर्किने तयारी गर्नुभएको भट्टराईले बताउनुभयो । उहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सबैमा सचिवालय धन्यवाद व्यक्त गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter