तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार

तनहुँ, भदौ ८ गते । तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ । चार दशकअघि व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ ।

व्यास नगरपालिका–५ पाटनका ८६ वर्षीय केबी गुरुङले जागीर छोडेर २०३६ सालदेखि जडीबुटी बिरुवाको व्यावसायिक उत्पादन सुरु गर्नुभयो । उहाँले अहिले तनहुँलगायत पर्वत जिल्लाको जलजले गाउँपालिका–९ मा जडीबुटीका लाखौँ बिरुवाको व्यावसायिक उत्पादन गर्नुभएको छ । एक दुई हजार जडीबुटीका बिरुवाबाट सुरु गर्नुभएको खेती अहिले उहाँले व्यावसायिक रुपमा करिब २० रोपनी क्षेत्रफलमा सो खेती गरिरहनुभएको छ ।

श्रीखण्ड, पाँच औले, निरमसी, जटामसी, कुटकी, सतुवा, कुटलगायतका लगाएको १६ प्रकारका बिरुवाबाट उत्पादन दिन थालेको उहाँको भनाइ छ । समुद्र सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा आयुर्वेदिक गुणयुक्त त्यस्ता बिरुवा लगाउनुभएका उहाँले बगैँचा रेखदेखका लागि एक परिवारलाई रोजगारीसमेत दिनुभएको छ । गुरुङले व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका दुले र मादी नदी किनार आसपासमा गरी करिब १०० रोपनी क्षेत्रफलमा विभिन्न जातका बाँसको खेती गर्नुभएको छ ।

मोटा, नियाले, धनु, लठ्ठी, कालो, पहेँलो, झगडिया, तामा खानेलगायतका २२ प्रजातिको बाँस लगाएको किसान गुरुङको भनाइ छ । भारतको कानपुरबाट बिएससी एजी गर्नुभएका गुरुङले जागीरभन्दा कृषि पेसालाई प्राथमिकता दिएर व्यावसायिकरुपमा यस क्षेत्रमा लाग्नुभएको हो । रेष्टुराँ तथा होटलमा सुन्दरताका लागि साना किसिमका बाँस र भवन निर्माणका लागि ठूला खालको बाँस खरिद गरेर लाने गरेको उहाँको भनाइ छ । एघार किसिमका बाँस प्रतिबिरुवा रु एक हजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वार्षिक रुपमा करिब रु ३० लाख मूल्य बराबरको बाँस र बाँसका बिरुवा बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “जागीर भनेर बसेको भए यति राम्रो प्रगति हुने थिएन होला ।” त्यसैगरी गुरुङले करिब १०० रोपनी क्षेत्रफलमा उगरउडका बिरुवा लगाउनुभएको छ । करिब २० वर्षअघि ५०० उगरउडका बिरुवा लगाउनुभएका गुरुङको बारीमा हाल २५० ठूला बिरुवा र करिब तीन हजार साना बिरुवा छन् । अहिले प्रतिबिरुवा रु दुई लाखसम्म खरिद गर्ने मानिस आउने गरेको उहाँको भनाइ छ । अगरउडबाट अगर निस्किन थालेपछि सुनभन्दा महँगो मूल्यमा बिक्री हुने बताइएको छ ।

साथै, अगरउड अत्तरका लागि पनि प्रयोग गर्न सकिन्छ । त्यसैगरी अगरउड क्यान्सर, अल्सर, छालाजन्य रोग, आँखा, कान, नाकलगायतका उपचारमा लाभदायक हुने गरेको किसान गुरुङको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter