काँग्रेसलाई मजबुत बनाउन मेराे उम्मेदवारी : नेता निधि

काठमाडौं, भदौ ११ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सभापति पदमाका प्रत्यासी विमलेन्द्र निधिले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नु भएकाे छ । आसन्न चौधौं केन्द्रीय महाधिवेशनसम्मका लागि बानेश्वरमा सम्पर्क कार्यालयको शुभारम्भ गर्नुहुदै उहाँले आफूलाई सल्लाह, सुझाव र प्रतिक्रियाका लागि पनि आग्रह गर्नुभएको छ ।

नेता निधिले आगामी महाधिवेशनमा कसैलाई पराजित गर्न, असक्षम देखाउन वा रिटायर्ड बनाउन नभएर नेपाली काँग्रेसलाई मजबुत बनाउने उद्देश्यले सभापतिमा आफ्नो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो ।

हिमाल, पहाड र मधेश लगायत आदिवासी जनजाति, महिला, मधेसी, अल्पसंख्यक, दलित, मुस्लिम लगायत सबैले रुख छाप हाम्रो हो भनेर काँग्रेसको भरोसा जित्न सकोस् भन्ने उद्देश्यका साथ सभापतिका आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुभएको छ ।

आगामी चौधौ केन्द्रीय महाधिवेशनको नेतृत्वले पार्टीको गुट, उपगुटहरुलाई न्यूनीकरण गर्दै संविधानको अपनत्व लिनसक्ने नेतृत्व चाहिरहेको पनि नेता निधिले प्रष्ट्याउनुभयो ।

यस लगायत काँग्रेसमा आगामी दिनमा युवा नेतृत्वलाई अगाडि ल्याउन आफूले सहजकर्ताको भूमिका खेल्न पनि सभापतिमा आफूले उम्मेदवारी दिएको भनाइ नेता निधिको छ नेपाली काँग्रसको चौधौ केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्ममा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु हुने प्रक्रिया अगाडि बढेको काँग्रेसले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter