दुई नेपाली महिलासहितको टोलीद्वारा धौलागिरि हिमालको सफल आरोहण

ठाकुरप्रसाद आचार्य / म्याग्दी, असोज १५ गते । दुई नेपाली महिलासहितको टोलीले विश्वको सातौं अग्लो धौलागिरि हिमाल शुक्रबार विहान सफल आरोहण गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने धौलागिरि हिमालमा पूर्णीमा श्रेष्ठ र पासाङ लामू शेर्पासहितको टोलीले सफल आरोहण गरेको हो ।

सफल आरोहणसँगै टोलीले धौलागिरी चुचुरोमा पाइला टेक्ने दुई नेपाली महिलाको कीर्तिमान बनाएका छन् । काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पा असोज २ गते मुस्ताङको मार्फाहुँदै पैदलमार्ग भएर धौलागिरि हिमाल आरोहणमा गर्नुभएको हो ।

पूर्णिमासहित आफ्नो कम्पनिका २० जनाले शुक्रबार बिहान ५ बजे धौलागिरिको सफल आरोहण गरेका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो । धौलागिरि हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गर्नुभएको हो,’ उहाँले भन्नुभयो “धौलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”

श्रेष्ठसँगै जानुभएकी माया शेर्पा लगायतले आरोहण गरे नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताउनुभयो । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णीमाको टोलीले यसअघि गत बैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमानी बनाएका थिए ।

शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा श्रेष्ठले धौलागिरि आरोहण गर्नुभएको हो । श्रेष्ठ कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुनुहुन्छ । श्रेष्ठले आधारशिविर जानुअघि बेनीमा पत्रकारसँगको भेटघाटमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको आरोहण गर्ने लक्ष्य यसपाली पुरा गर्न लागेको बताउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter