थप ७६२ जनामा कोरोना सङ्क्रमण, छ जनाको मृत्यु

काठमाडौं, असोज १८ गते । पछिल्लो २४ घण्टामा ७६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार ५८२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, चार हजार ४६० वटा एन्टीजेन परीक्षण गर्दा २०६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ११४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १८० जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १६ हजार २४८ जना छन् । पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ८९६ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter