६३६ जना सङ्क्रमित थपिए, ११ जनाको मृत्यु
काठमाडौं, असोज २३ गते । पछिल्लो २४ घण्टामा ६३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार १६८ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, पाँच हजार ८६३ वटा एन्टीजेन परीक्षण गर्दा १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८९९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २२१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
सक्रिय सङ्क्रमित हुने १५ हजार ३४० जना छन् । पछिल्लो २४ घण्टामा नौ हजार ९९३ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।