निःशुल्क ग्यास सिलिण्डरसहित चुल्हो वितरण

दार्चुला, मङ्सिर १२ गते । दार्चुलाको अपि हिमाल गाउँपालिकाले “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम अन्तर्गत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत गाउँपालिका अन्तर्गत छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम अन्तरगत ग्यास सिलिण्डरसहित चुल्हो खरिदका लागि ९५ लाख बजेट विनियोजन गरेको थियो । ९५ लाखमा टेण्डरमार्फत् कम्पनी छनोट गरेर गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा अध्यक्ष मन्यालले बताउनुभयो । गाउँपालिकाका इन्जिनियर मानबहादुर धामीका अनुसार ९५ लाख बजेट भएपनि टेण्डर प्रक्रियामार्फत घटाघटीमा काठमाडौँको झंकार कन्सन प्रालीसँग ८५ लाखमा सम्झौता गरेर ग्यास गरिद गरिएको हो ।

गाउँपालिका भरीका १३ सय घरधुरीलाई रेडियण्ट ग्यास वितरण गरिएको र केही परिवार छुटेको भए बाँकी रकमबाट ग्यास खरिद गरेर वितरण गरिने उहाँले बताउनुभयो । अपि हिमालको केन्द्रसम्म सडक नपुगेको कारण वडा नम्बर ५ ओखलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको हो ।

ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको अपि हिमालका स्थानीय डम्बरसिंह बोहराले बताउनुभयो । ‘दाउरा खोज्न निकै समस्या हुन्थ्यो, वनजङ्गल पनि विनाश भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउरा र धुँवाको झन्झट हट्नेछ ।’

गाउँपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् । गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा आयोजित निःशुल्क ग्यास सिलिण्डर तथा चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयलगायतको सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter