थप पाँच हजार ५७१ जना सङ्क्रमित, चार हजार ४३३ निको, पाँचको मृत्यु

काठमाडौं, माघ १२ गते । पछिल्लो २४ घण्टामा पाँच हजार ५७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १३ हजार ५४९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ५७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, छ हजार ८१० जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ८८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

सोही अवधिमा पाँच जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मुलुकमा हालसम्म ९० हजार ६७ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter